शनिबार, जेठ ५, २०८१

नेपालले यू१९ प्रिमियर कपमा पहिलो खेल इरानसँग खेल्ने

नेपालखोज २०८० असोज २ गते १५:०६

काठमाडाैं । नेपाली यू१९ क्रिकेट टोलीले एसिसी यू१९ प्रिमियर कपमा पहिलो खेल इरानसँग खेल्ने भएको छ । अर्को महिना मलेसियामा हुने प्रतियोगिताबाट शीर्ष तीन टोलीले डिसेम्बरमा हुने यू१९ एसिया कप खेल्न पाउनेछन् ।

उपाधिको प्रमुख दाबेदार नेपालले असोज २५ (अक्टोबर १२) मा इरानसँग खेल्नेछ । त्यस्तै नेपालले असोज २८ (अक्टोबर १५) मा बहराइनसँग खेल्नेछ । कार्तिक २ (अक्टोबर १९) मा नेपालले साउदी अरेवियासँग खेल्नेछ । प्रतियोगितामा १६ एसोसिएट टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

हरेक सममूहका शीर्ष टोली सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल अक्टोबर २२, फाइनल र तेस्रो स्थानको लागि अक्टोबर २४ मा प्रतिस्पर्धा हुनेछ । फाइनल कार्तिक ७ मा हुनेछ ।

समूह बी मा युएई, ओमान, कतार र चीन छन् । समूह सी मा सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्स छन् । समूह डी मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् ।

नेपालले गत मार्चमा आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको उपाधि जित्दै विश्वकपमा स्थान बनाएको थियो ।

प्रतिक्रिया