शनिबार, वैशाख २२, २०८१

प्लास्टिक सर्जरी गर्ने अभिनेत्रीहरु

नेपालखोज २०८० असोज ३ गते १६:४५

काठमाडाैं । सिल्भिना लुना एक लोकप्रिय अर्जेन्टिनी अभिनेत्री तथा मोडल हुन्। उनी टिभी प्रस्तोता पनि हुन् । उनको निधन हालै मात्र भएको छ । यी नायिकाले ४३ वर्षको उमेरमा यो संसारबाट बिदा लिइन् । भनिन्छ उनले २०११ मा प्लास्टिक सर्जरी गराएकी थिइन्, त्यसपछि उनमा धेरै जटिलताहरू देखापरे । त्यसयता उनी लड्दै थिइन् । अहिले उनको मृगौला फेल भएर मृत्यु भएको हो । उनको मृत्युको जानकारी उनका वकिल फर्नान्डो बर्ल्याण्डले दिएका हुन् । तर के तपाईलाई थाहा छ, यसअघि पनि मनोरञ्जन जगतमा यस्ता धेरै अभिनेत्रीहरु छन् जसले सुन्दर देखिन प्लास्टिक सर्जरीको सहारा लिएका छन् र धेरै कठिनाइको सामना गरेका छन् । यश क्रममा साउथकी एक अभिनेत्रीले पनि ज्यान गुमाएकी छिन् ।

कोइना मित्रा

अभिनेत्री कोइना मित्राले पनि प्लास्टिक सर्जरीको सहारा लिइन् । उनको नाकको शल्यक्रिया गरिएको थियो जसका कारण उनको अनुहार बिग्रिएको थियो ।

आयशा टाकिया

खबरहरुमा विश्वास गर्ने हो भने ‘वान्टेड’ फेम अभिनेत्री आयशा टाकियाले पनि प्लास्टिक सर्जरीको सहारा लिएकी थिइन् । त्यसपछि उनको अनुहार पनि बिग्रिएको बताइएको छ ।

श्रुति हसन

यो सूचीमा श्रुति हसनको नाम पनि छ । यद्यपि प्लास्टिक सर्जरी पछि उनको चमक झनै बढ्यो । फिल्ममा आउनुअघि उनको नाक र ओठको आकार फरक थियो, जसलाई परिवर्तन गर्न र आफ्नो लुक बढाउन उनले शल्यक्रिया गराएकि थिइन् ।

अनुष्का शर्मा

अभिनेत्री अनुष्का शर्माले फिल्म ‘रब ने बना दी जोडी’ बाट बलिउडमा करियर सुरु गरेकी हुन् । उनले आफ्नो जलाईन सुधार्न प्लास्टिक सर्जरीको सहारा लिइन् । त्यसपछि उनको अनुहार पहिलेको भन्दा खराब भयो ।

वाणी कपूर

अभिनेत्री वाणी कपुरले आफ्नो करियर ‘शुद्ध देसी रोमान्स’ बाट सुरु गरेकी थिइन् । उनले आफ्नो लुक्स सुधार्न प्लास्टिक सर्जरी गराएकी थिइन् । त्यसपछि उनको अनुहार बिग्रिएको खबर पनि बाहिर आएको थियो ।

सारा खान

बलिउड अभिनेत्री सारा खान आज पर्दाबाट टाढा छिन् । तर उनी आफ्नो लुक्सका कारण बारम्बार चर्चामा आउछिन् । उनले आफ्नो लुक्स परिवर्तन गर्न प्लास्टिक सर्जरी गराएकी थिइन् । त्यसपछि उनको अनुहार निकै बिग्रिएको थियो ।

चेतना राज

कन्नड अभिनेत्री चेतना राजले पनि प्लास्टिक सर्जरी गराएकी थिइन्, त्यसपछि उनले २१ वर्षको उमेरमा यो संसार बाट बिदा लिइन् । उनको मृत्युको कारण प्लास्टिक सर्जरी भएको बताइएको छ । यस बिषयमा प्रहरीमा उजुरी पनि परेको थियो ।

प्रतिक्रिया