गृह मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता
नेपालखोज
२०८० असोज ४ गते २०:४६

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकसँग वार्ता शुरु गरेको छ । बिहिबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको हो ।वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डाक्टर प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सहभागी छन् । त्यस्तै शिक्षकहरुको तर्फबाट शिक्षक महासंघका पदाधिकारीहरु रहेका छन् ।
शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया