टेबल टेनिसमा नेपालको महिला र पुरुष दुवै टिमको हार
नेपालखोज
२०८० असोज ५ गते १३:३९

काठमाडाैं । १९ अौें एसियाली खेलकुद अन्तर्गत टेबल टेनिसको प्रारम्भिक चरणमा नेपालको महिला र पुरुष दुवै टिमको इभेन्टमा हार बेहोरेको छ ।
पुरुषतर्फ जापानसँग ३-१ ले हारेपनि १७ वर्षीय रुविन महर्जनले तोमोकाजु हारिमोटोविरुद्ध पहिलो सेट जित्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । जापानविरुद्ध नेपालका कुनैपनि खेलाडीले सेट जितेको यो पहिलो अवसर पनि हो ।
हान्झाउस्थित गोङ्सु क्यानल जिम्नेजियममा नेपालको महिला टोली सिंगापुरसँग ३-० ले पराजित भयो ।
नेपालले अब समूह चरणमा शनिबार विहान महिलातर्फ भारत र पुरुषतर्फ उत्तर कोरियाको सामना गर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया