आइतबार, वैशाख १६, २०८१

कपाल झरेपछि विगको सहारा लिने अभिनेत्री को–को ?

नेपालखोज २०८० असोज ५ गते १७:०९

काठमाडाैं । आज हामी तपाईलाई बलिउडका यस्ता सुन्दरीहरुसँग परिचित गराउनेछौं, जसको टकलुपनको खबरले हेडलाइनमा ठाउँ बनाउँछ। यी नायिकाहरु विग लगाउँछन् भन्ने हल्ला चलेको छ, जानौं को हुन् यी अभिनेत्री ?

अनुष्का शर्मा

यो सूचीमा अनुष्का शर्माको नाम पनि छ । रिपोर्ट अनुसार छोरी वामिकालाई जन्म दिएपछि उनको कपाल धेरै नै झरेको थियो । त्यसपछि अनुष्का शर्माले विग प्रयोग गर्न थालिन् ।

ऐश्वर्या राय बच्चन

बच्चन परिवारकी बुहारी ऐश्वर्या विगत धेरै वर्षदेखि एउटै हेयरस्टाइलमा देखिएकी छिन् । यति मात्र होइन फ्यानले उनको कपालमा भएको पाउडर देखाएर विग लगाएको भन्दै ट्रोल गरेका थिए ।

राखी सावन्त

राखी सावन्तले धेरै प्लास्टिक सर्जरी गराएकी छिन्, जसका कारण उनको कपाल झरेको छ । रिपोर्ट अनुसार राखी सावन्तले कपाल झर्ने समस्याको सामना गरेपछि विग प्रयोग गर्न थालेकी हुन् ।

प्रियंका चोपडा

यो लिस्टमा ‘देसी गर्ल’ प्रियंका चोपडा पनि छिन् । प्रियंका जब बलिउड इन्डस्ट्रीमा थिइन्, उनको कपाल निकै बाक्लो र लामो थियो । रिपोर्ट अनुसार कपालको उपचारका कारण प्रियंका चोपडाको कपाल झरेको छ र उनी अहिले विग प्रयोग गर्छिन् ।

कट्रिना कैफ

रिपोर्टमा कट्रिनाको कपालमा धेरै क्षति पुगेको दाबी गरिएको छ । जसका कारण उनले विग लगाउने गरेको हल्ला छ ।

प्रतिक्रिया