प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति चिनफिङबीच भेटवार्ता

नेपालखोज २०८० असोज ६ गते १७:१८

काठमाडाैं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच चीनको हाङ्झाउमा औपचारिक भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय सभालाई सम्बोधन गरेर चिन पुगेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिका बीचमा भेटवार्ता भएको हो ।

झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्ड आजदेखि ८ दिने चीन भ्रमणमा छन्  ।

प्रतिक्रिया