शनिबार, वैशाख २२, २०८१

सिन्धुपाल्चोक अन्तराष्ट्रिय ट्रेल रेस २०२३ सम्पन्न

नेपालखोज २०८० असोज ७ गते १४:३३

काठमाडौं । ८ औं सिन्धुपाल्चोक अन्तराष्ट्रिय ट्रेल रेस २०२३ सम्पन्न भएको छ । शनिवार सिन्धुपाल्चोकमा सम्पन्न सो रेस अन्तर्गत ६० किलोमिटर र २८ किलोमिटर गरी दुई वटा रेस गरिएको थियो ।

चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा ठूलो शिरुबारबाट ६० किलोमिटरको रेस सुरू गरिएको थियो । यस्तै अन्तराष्ट्रिय किसान अभियान ’ला भिए क्यामपेनसिना’को अन्तराष्ट्रिय समन्वय समितिको सदस्य प्रमेश पोख्रेलको प्रमुख आतिथ्यमा जलबिरेबाट २८ किलोमिटर रेस सुरू गरिएको थियो ।

६० किलोमिटरको रेसमा ११ पुरुष र ३ महिलाले सहभागीता जनाएका थिए भने २८ किलोमिटरको रेसमा १६ महिला र २९ पुरुष दौडिएका थिए ।

६० किमीको दौड ६ घन्टा ९ मिनेट १२ सेकेण्डमा पूरा गरि वेद बहादुर सुनुवार प्रथम भए । दौडमा दोस्रो हुने मनकुमार रोका मगरले ६० किमी दौडमै ६ घण्टा १६ मिनेट ४६ सेकेण्डमा र तेस्रो हुने अशोक बरमले ६ घण्टा ४९ मिनेट ३० सेकेण्डमा दौड पूरा गरे ।

महिलातर्फ ६० किमी दौडमा १० घन्टा १० मिनेट १४ सेकेण्डमा पूरा गरी पदम कुमारी प्रथम, १० घन्टा १० मिनेट १८ सेकेण्डमा दौड पूरा गरि आश्मा बिक दोस्रो र १२ घन्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरि डेनिस नागरिक श्टिना हाइजेलबर्ग तेस्रो भए ।

यस्तै २८ किमी पुरुषतर्फको दौडमा २ घण्टा २१ मिनेट ४६ सेकेण्डमा दौड पूरा गरि सुमन कुलुङ प्रथम भए भने महिला तर्फ प्रिया राईले ३ घन्टा ११ मिनेट ३२ सेकेण्डमा दौड पूरा गरी प्रथम भइन् ।

२८ किमीमै पुरुषतर्फ दोस्रो भएका करण रावलले २ घण्टा २१ मिनेट ४६ सेकेण्डमा र तेस्रो भएका निरज भट्टले २ घण्टा २९ मिनेट ५२ सेकेण्डमा दौड पूरा गरेका थिए । यस्तै २८ किमीमा महिलातर्फ दोस्रो भएकी सबिना राईले ४ घण्टा २२ मिनेट ८ सेकेण्ड र तेस्रो भएका स्याली माउल्डस्ले ४ घन्टा ४४ मिनेट २५ सेकेण्डमा दौड पूरा गरेका थिए ।

रेस संयोजक महेश दाहालले समुदायमा आधारित गैरनाफामुलक यस रेसले सिन्धुपाल्चोकलाई अन्तराष्ट्रिय मञ्चमा चिनाएको बताए । उनले रेसका विजयी खेलाडीले अन्तराष्ट्रिय दौड प्रतियोगितामा समेत जितेको बताए ।

अन्तराष्ट्रिय ट्रेल रनिङ संस्थामा संबन्धन प्राप्त यस रेस स्थानीय संघ सस्थाको पहलमा आयोजित यो समुदायमा आधारित एकमात्र रेस हो । २०७२ को भूकम्पपश्चातको उद्दारका लागि समेत रेस आयोजना गरिएको थियो । यो रेस ९ औं संस्करणको भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया