ईः र काठमाडौं महानगरपालिकाबीच आज वार्ता हुँदै, बालेन नबस्ने

नेपालखोज २०८० असोज ९ गते १४:१४

 काठमाडौं । राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका अभियन्ता ई: र काठमाडौं महानगरपालिकाबीच वार्ता हुने भएको छ ।

मंगलबार दिउँसो साढे २ बजे वार्ता हुने मेयर बालेन शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बनाएको छ भने आन्दोलनरत पक्षबाट अभियन्ता ईःसहितको टोली वार्तामा जाने भएको छ ।

प्रतिक्रिया