अनुगमनका क्रममा हानिकारक चम्पाइरङ प्रयोग भएको मासु जफत

नेपालखोज २०८० असोज १० गते १९:०७

जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ स्थित माछा बजार क्षेत्र (पुरानो बसपार्क) का केही मासु पसलबाट मानिसको स्वास्थ्यलाई नकारात्मक असर गर्ने र कानूनले खान अयोग्य भनिएका रङ प्रयोग गरिएको मासु जफत गरिएको छ ।

आज भएको संयुक्त बजार अनुगमनका क्रममा खसीको मासुको छालामा चम्पाइरङ दलेको पाइएपछि दुई वटा पसलबाट २७ केजी मासु बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनुषाका प्रतिनिधि प्रमोद बुढाथोकीले जानकारी दिए । उनले बरामद गरिएको मासु प्रयोगशाला परीक्षणका लागि गुण नियन्त्रण कार्यालयमा लगिएको समेत बताए ।

प्रतिक्रिया