काेशी प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसाे र राति देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको तथा कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागको एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने कोशी, गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया