एमाले कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि भोलि मतदान

नेपालखोज २०८० असोज १३ गते १९:५८

काठमाडाैं । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि भोलि (आइतबार) मतदान गरिने भएको छ । सुर्खेतमा जारी पार्टीको पहिलो कर्णाली अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाइएको छ ।

भोलि बिहान ८ बजेदेखि मतदान सुरु गरिने निर्वाचन समितिले जानकारी गराएको छ । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्य चयन गरिनेछ ।

प्रतिक्रिया