यू–१९ साफ च्याम्पियनसिप : पाकिस्तानलाई ३–० हराउँदै भारतले जित्याे उपाधि
नेपालखोज
२०८० असोज १३ गते २०:५४

काठमाडाैं । यू–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार त्रिपरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा पाकिस्तानलाई ३–० हराउँदै भारतले उपाधि उचालेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पाकिस्तानलाई तीन गोल गर्दै भारतले उपाधि जितेको हो । भारतका लागि किपगेनले दुई तथा गोगमसरले एक गोल गरे ।
त्यस्तै इन्जुरी समयमा किपगेनको क्रसमा गोगमसर गोयारीले हेड गोल गर्दै भारतलाई ३–० को जित दिलाए ।
सम्बन्धित
प्रतिक्रिया