शनिबार, जेठ ५, २०८१

भक्तपुरमा मनाइयो भक्तपुर ग्रासरुट डे

नेपालखोज २०८० असोज १४ गते १४:५४

भक्तपुर । भक्तपुर जिल्लाका लिजेण्ड खेलाडी स्व. रामहरि श्रेष्ठको सम्झनामा भक्तपुर ग्रासरुट डे (दिवस) मनाइएको छ । यस्तो प्रकारको दिवस नेपालमै पहिलो पटक मनाइएको आयोजकले दाबी गरेका छन् ।

प्रत्येक वर्ष बाल दिवसको अवसरमा मनाउने गरी तय भएको यस कार्यक्रम यस वर्ष वर्षाका कारणले भाद्र २९ गतेलाई स्थगित गरेर आज मनाइएको जनाइयो ।

कार्यक्रममा प्रमुख अतिथि क्लबका संरक्षक श्यामसुन्दर धौभडेल, विशेष अतिथि भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, अतिथि क्लबका सल्लाहकार रबीन्द्र पुरी, कृष्णहरि सैजु, बिनय श्रेष्ठ, जिल्ला प्याब्सनका अध्यक्ष एव क्लबका सल्लाहकार सुरेन्द्र तुबन्जार, एनप्याबसन जिल्ला अध्यक्ष एव क्लबका सल्लाहकार सन्जय खडका, क्लबको विशेष समिति संयोजक अनिल राजभण्डारी, सुशील सैजु, भक्तपुर ११ का संस्थापक शिवजी श्रेष्ठ, बाबुकाजी मगर, स्व रामहरि श्रेष्ठको पुत्र अतलहरि श्रेष्ठ र स्व रामहरि श्रेष्ठको परिवारको उपस्थितिमा क्लबका अध्यक्ष राम प्रजापतिको सभापतित्वमा सम्पन्न भएको छ ।

कार्यक्रममा सामूहिक रूपमा सहभागी खेलाडी तथा अतिथिहरूबाट संयुक्त रूपमा बेलुन उठाएर सुरु गरिएको थियो ।कार्यक्रममा स्वयंसेवक प्रशिक्षकको रूपमा २० वर्ष मुनिको नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक उज्वल्ल मानन्धर, एन आर टि क्लबका मुख्य प्रशिक्षक एव क्लबका बिर्ड सदस्य जीवन सिकेमान, अखिल नेपाल फुटबल सङ्घका पूर्व ग्रास रुट हेड एव क्लबका बोर्ड सदस्य मनोज रन्जित तथा राष्ट्रिय टिमका खेलाडीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्लाका ११ वटा स्कुलका टिमहरू सहभागी रहेका थिए । भक्तपुर नगरपालिकाका चार वटा, मध्यपुर थिमि नगरपालिकाका चार वटा, सूर्य विनायक नगरपालिकाका दुई वटा र एउटा आफ्नै टिम रहेको जनाइयो ।

मदरल्याण्ड इ स्कुल, पारागन एकेडेमी, न्यातपोल इ स्कुल, रोम्बस नेशनल स्कुल, जेइन्युन इ स्कुल, ख्वप्रीङ्ग इ एकेडेमी, जनप्रेमी, वल्र्ड स्कुल, कौसलटार इ स्कुल, नवरत्न इ से स्कुल, सिद्धी मेमोरियल सिद्धि मेमोरियल वीएफसी एकेडेमी लगायतबाट सहभागी गरिएको थियो ।

कार्यक्रममा भक्तपुर ११ संस्थापक शिवजी श्रेष्ठ, बाबुकाजी मगर, बद्री लगायतलाई सम्मानसहित क्लबको अफिसियल टिसर्ट हस्तान्तरण गरिएको थियो भने क्लबका सल्लाहकार रबीन्द्र पुरीबाट स्व रामहरि श्रेष्ठका सुपुत्र अटलहरि श्रेष्ठलाई सम्मानसहित टिसर्ट वितरण गरिएको थियो ।

सहभागी खेलाडीहरूबाट उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कार वितरण गरिएको थियो । स्व रमहरि श्रेष्ठको फोटोमा प्रमुख अतिथिबाट माल्यार्पण गरेको थियो ।

प्रतिक्रिया