एमालेको गण्डकी प्रदेश अधिवेशन आजबाट
नेपालखोज
२०८० असोज १५ गते ६:३१

पोखरा । नेकपा (एमाले)को गण्डकी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै छ । अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
प्रदेशका ८५ पालिकामध्ये ८४ पालिकामा सर्वसम्मतरूपमा प्रतिनिधि छनोट भएका एमालेले जनाएको छ । कास्कीको रूपा गाउँपालिकामा खुला प्रतिनिधिमा मतदानबाट प्रतिनिधि छनोट गर्नुपरेको थियो । अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया