स्पेनको नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु, १४ जना बेपत्ता
नेपालखोज
२०८० असोज १५ गते ९:०७

काठमाडौं । स्पेनको मर्सिया शहरमा रहेका तीनवटा नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । नाइटक्लबमा आइतबार बिहान आगलागी भएको थियो । त्यसलगत्तै नजिकैका दुईवटा क्लबमा आगलागी फैलिएको थियो ।
स्थानीय सञ्चारमाध्यमले मृतकमध्ये जन्मदिन मनाउने परिवारका सदस्यसमेत रहेको जनाएका छन् । जन्मदिनको भोजमा सहभागीहरू मध्ये एक, जो आफ्नो काका र काकीसँग क्लबमा थिए, उनले भने कि उनी समयमा नै घर फर्केका थिए, केवल उनका एकजना भाई भने क्लबमा नै बसे ।
प्रहरीले यो पुष्टि गरेको छ कि मृत्यु भएका सबै ला फोंडामा थिए, तर थप १४ जना अझै बेपत्ता छन् । जसकाकारण उनीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिएका छन् । मृत्यु हुनेमा जन्मदिन मनाउन आएका परिवारका सदस्यसमेत रहेको बीबीसीले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया