शनिबार, जेठ ५, २०८१

पाँच अंकले बढ्दा एक अर्ब ७३ करोडको सेयर किनबेच

नेपालखोज २०८० असोज १५ गते १५:३०

काठमाडौं । नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन ३३ दशमलव २० अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने पाँच दशमलव १९ अंकले बढेर १९ सय ७६ दशमलव २९ अंकमा चढेको छ ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६६ अंकले बढेर तीन सय ७८ दशमलव शुन्य छ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ८६ वटा कम्पनीहरुको ८५ हजार पाँच सय ९१ पटकको कारोबारमा ५७ लाख ७६ हजार आठ सय ९६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा होटल तथा पर्यटन र उत्पादनमुलक समुहको सुचक क्रमशः ४९ दशमलव २८ र चार दशमलव ७३ अंकले घटेका छन् भने बाँकी समुहहरुको सुचक बढेका छन् ।

जसमध्ये वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव २१ अंकले बढेर १२ सय ३९ दशमलव ८४ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ५० दशमलव १० अंकले बढेर तीन हजार आठ सय १५ दशमलव ८३ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि १२ दशमलव ९६ अंकले बढेर १७ सय ३५ दशमलव १४ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि १८ दशमलव ७९ अंकले बढेर २१ सय ३६ अंकमा पुगेको छ ।

जीवन बीमा समुहको सुचक पनि १० दशमलव ३३ अंकले बढेर १० हजार पाँच सय ५६ दशमलव ७५ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि १५ दशमलव ३० अंकले बढेर १० हजार तीन सय ६० दशमलव ५० अंकमा पुगेको छ ।

यि बाहेक लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः शुन्य दशमलव शुन्य दुई, १८ दशमलव ४९, शुन्य दशमलव १८, पाँच दशमलव ८४ र नौं दशमलव ११ अंकले बढेका छन् ।

नेप्सेमा आज सिवाईसी नेपाल लघुवित्त वित्तीय संंस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर ११ सय २२ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा पिपुल्स हाईड्रोपावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य पाँच दशमलव २९ प्रतिशतले घटेर दुई सय ८१ रुपैंयाँ ३० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी एनआईसी एशिया बैंकको भने प्रतिकित्ता सात सय ६१ रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा २१ करोड ६८ लाख नौं हजार एक सय ४१ रुपैंयाँ ३० पैसाको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरु मध्येमा कारोबार रकमका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया