आइतबार, वैशाख २८, २०८२

दोहोरी साँझमा म्याद नाघेको बियर, वितरकलाई २ लाख जरिवाना

नेपालखोज २०८० असोज १५ गते १८:४०

काठमाडौं । काठमाडौंको ठमेलमा रहेको एक दोहोरी साँझमा म्याद नाघेको बियर बिक्री गर्ने गरेको पाइएको छ ।

बजार अनुगमनको क्रममा ठमेलस्थित गामबेंसी दोहोरी साँझमा ग्राहकलाई म्याद नाघेको बियर बिक्री गर्ने गरेको पाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

एक जना ग्राहकले आइतबार साँझ सो दोहोरी साँझमा कार्ल्सवर्ग बियर पिउने क्रममा म्याद गुज्रेको फेला पारे लगत्तै काठमाडौं महानगरमा उनले उजुरी गरेका थिए ।

उनकै उजुरीका आधारमा सोमबार महानगरको अनुगमन टोली सो दोहोरी साँझमा पुगेको थियो । दोहोरी साँझका सञ्चालकले अनुगमन टोलीलाई सधैं आफूले बियर ल्याउने ठमेलकै भीम स्टोरमा पुर्‍याएका थिए ।

सोमबार बिहान सो स्टोर्समा म्याद गुज्रेको अन्य बियर फेला नपरेपछि साँझ फेरि महानगरको अनुमगन टोलीले स्टोर्समा छड्के अनुगमन गरेको थियो । सो क्रममा ८ वटा म्याद गुज्रेको बियर फेला परेको महानगरले जनाएको छ ।

प्रतिक्रिया