११ किलो सुन तस्करी प्रकरण : चिनियाँ नागरिक पक्राउ

नेपालखोज २०८० असोज १७ गते १५:१२

काठमाडौं । दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राय परेका छन् ।

काठमाडौं महानगरपालिका–१५ किमडोल बस्ने चिनियाँ नागरिक तासी दावा भन्ने ६६ वर्षका आगर लामा पक्राउ परेका हुन् ।

चिनियाँ भूमिबाट नेपालमा सुन ल्याउन उनले भूमिका खेलेको पाइएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यो प्रकरणमा यसअघि १० जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया