दमाम जान उडेको जहाजमा समस्या देखिएपछि निगमका दुईजना प्राविधिकलाई काममा प्रतिबन्ध
नेपालखोज
२०८० असोज १८ गते २०:२५

काठमाडाैं । नेपालबाट साउदीको दमाम जान उडेको नेपाल एयरलाइन्सको आरए २४१ जहाज पाकिस्तानको आकास माथिबाट नेपाल फिर्ता भएको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमका दुइ म्यानेजरलाई काममा प्रतिबन्ध लगाएको छ ।
उनीहरूले मर्मत गरेको जहाजमा पटकपटक समस्या देखिएपछि निगमका ड्युटी मेन्टेनेन्स म्यानेजर र कन्टिन्युइङ एयरओर्दिनेस (सीए) म्यानेजरलाई काममा प्रतिबन्ध लगाइएको प्राधिकरणले जनाएको छ ।
नेपाल एयरलाइन्सको ३२०, ९एन–एकेएक्स जहाज बुधबार काठमाडौंबाट साउदी अरेबियाको दमामका लागि उडेको थियो । तर, ‘टिकास’मा खराबी देखिएपछि विमान पाकिस्तानको कराँची पुगेर फर्किएको थियो । उक्त विमान बुधबार राति सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया