शुक्रबार, पुष ४, २०८२

ब्राजिलमा दुई छुट्टाछुट्टै गोलीकाण्डमा नौको मृत्यु

नेपालखोज २०८० असोज १९ गते १७:४९

ब्राजिल । ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ ।स्थानीय प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अन्य एक जना गम्भीर घाइते भएका छन् ।

स्थानीय समय अनुसार अपराह्न ४ बजे सात जना बन्दुकधारी बेलेम शहरको गुआमामा रहेको एक बारमा प्रवेश गरी गोली चलाएका थिए । हत्या भएकाहरुमा ६ जना महिला र पाँच पुरुष छन् । 

प्रहरीले एक जना शंकास्पद बन्दुकधारीलाई पक्राउ गरेको छ । गोली चलाउने अन्य भने फरार छन् । घाइतेलाई प्रहरीले उद्धार गरी अस्पताल भर्ना गरेको छ । गोली चलाउनुको कारण भने अझै खुलेको छैन । प्रहरीले उक्त घटनाको छानबिन थालेको जनाएको छ ।

प्रतिक्रिया