शुक्रबार, पुष ४, २०८२

बङ्गलादेशमा ट्रलर पल्टिँदा छ बेपत्ता

नेपालखोज २०८० असोज २० गते १४:१५

ढाका । बङ्गलादेशको ढाकास्थित मेघना नदीमा लगाइएको पर्खालमा एउटा ट्रलर पल्टिँदा छ जना बेपत्ता भएका छन् ।

बङ्गलादेशको मुन्सीगञ्ज जिल्लाको गजरिया घाट नजिकै शुक्रबार बिहान उक्त दुर्घटना हुँदा पाँच बालबालिकासहित छ जना बेपत्ता भएको नारायणगञ्ज प्रहरी चौकीका प्रमुख मोहम्मद इलियासले बताए ।

ढाका ट्रिब्युनका अनुसार घटनाको साक्षी अटोरिक्सा चालक अमिरले घटना विवरण दिएका थिए । ती चालकका अनुसार यात्रुहरू भ्रमणका लागि बोेकेको उक्त डुङ्गापर्खालसँग ठोक्किएपछि डुबेको थियो ।

दुर्घटना पश्चात उद्धारका लागि तत्काल गजरियाबाट दुई वटा ट्रलरहरू पठाइएको थियो । ती ट्रलरबाट पानीबाट पाँच जनाको उद्धार गरिएको थियो ।

घटनास्थलमा उद्धार टोली शुक्रबार राति नै पुगे पनि उद्धार कार्य सफल हुन नसकेकाले शनिबार बिहानबाट खोजी कार्य सुरु भएको मुन्सीगञ्जका उप उच्चायुक्त मोहम्मद अबुजफर रिपोनले जानकारी दिए ।

प्रतिक्रिया