इजरायलमा हमासको आक्रमणमा ९ नेपाली घाइते, २ जनाको अवस्था गम्भीर

नेपालखोज २०८० असोज २० गते २१:२६

काठमाडौं । परराष्ट्र मन्त्रालयले हमासको आक्रमणमा परी इजरायलमा ९ जना घाइते भएको जनाएको छ । घाइते मध्ये २ को अवस्था गम्भीर रहेको छ ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार गम्भीर घाइते २ जना दार्चुला र बझाङका हुन् । अन्य घाइते पनि सुदुरपश्चिम विश्वविधालयबाट इजरायल गएका कृषि फर्ममा काम गर्ने व्यक्ति रहेको बताइएको छ । १४ जन सो फर्ममा रहेकोमा ९ जना घाइते भएका हुन् ।

इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया