शनिबार, जेठ ४, २०८२

च्यालेन्ज कप भलिबल : नेपाल बंगलादेशसँग खेल्दै

नेपालखोज २०८० असोज २२ गते ११:२७

काठमाडौं । श्रीलंकामा काभा पुरुष भलिबल च्यालेन्ज कप २०२३ सोमबार सुरु हुँदैछ ।

नेपाली राष्ट्रिय भलिबल टोलीले आज बंगलादेशसँग खेल्दै च्यालेन्ज कपको यात्रा सुरू गर्नेछ। खेल नेपाली समयअनुसार साँझ ६:३० बजे सुरु हुनेछ ।नेपाली टोली आइतबार श्रीलंका पुगेको थियो ।

६ टोलीको सहभागिता रहेको च्यालेन्ज कप असोज २८ गते सम्म हुने छ । राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले दोस्रो खेल असोज २३ गते श्रीलंकासँग, तेस्रो खेल असोज २४ गते अफगानिस्तानसँग खेल्नेछ । असोज २५ गते आराम दिइएको च्यालेन्ज कपमा नेपालले असोज २६ गते साउदीसँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ ।

फाइनल र तेस्रो स्थानको खेल असोजज २८ गते हुनेछ । चीनमा जारी १९ औं एसियाली खेलकुदमा भाग लिएर फर्केको नेपाली टोली त्यसपछि नियमित प्रशिक्षणमा रहेको थियो । अन्तर्राष्ट्रिय भलिबल महासंघको सहयोगमा आएका प्रशिक्षक हान आविङ्गले नेपाली टोलीलाई प्रशिक्षण दिइरहेका छन् ।

प्रतिक्रिया