‘सार्वजनिक बिदा दिने निर्णय भएकाे छैन’
नेपालखोज
२०८० असोज २२ गते १९:३१

काठमाडौं । इजरायलमा १० जना नेपालीहरुको हत्या भएको शोकमा सरकारले भोलि राष्ट्रिय शोक घोषणा गरेको छ । तर, सार्वजनिक बिदा भने दिइएको छैन ।
मन्त्रिपरिषदले सार्वजनिक बिदा दिने निर्णय नगरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् । स्रोतका अनुसार बैठकमा राष्ट्रिय शोक सँगसँगै सार्वजनिक बिदा दिने विषयमा छलफल भएको थियो ।
तर, निर्णय भएन । मन्त्रीपरिषद बैठकले इजरायलमा मारिएकाहरुका परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया