इजरायलमा बेपत्ता एक नेपालीको अवस्था अझै अज्ञात

नेपालखोज २०८० असोज २२ गते २०:१३

काठमाडौं । इजरायल आक्रमणमा बेपत्ता भएका एकजना नेपालीको अवस्था अझै अज्ञात रहेको छ । इजरायलस्थित नेपाली दूतावासले सोमबार साँझ सम्पर्कविहीन रहेका ती नेपालीको तीव्ररूपमा खोजी भइरहेको जनाएको छ । त्यसका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सबै स्थानीय संयन्त्रको सहयोग लिइएको जनाइएको छ ।

दूतावासका अनुसार चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुई जनालाई तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइएको छ ।

साथै मृतकको शव फिर्ता गर्नका लागि दूतावासले इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरु गरिसकेको बताएको छ । गएको शनिबार (असोज २० गते) प्यालेस्टाइनी आतंकवादी समूह हमासको आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको थियो ।

प्रतिक्रिया