आजको विदेशी मुद्राको विनिमयदर

नेपालखोज २०८० असोज २८ गते ८:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १३९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४० रुपैयाँ ५० पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५५ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रीदर ८ रुपैयाँ ९३ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४३ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ४९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया