काठमाडौंको गैरीगाउँस्थित पेट्रोल पम्प सिल
नेपालखोज
२०८० असोज ३० गते १८:४९

काठमाडौं । काठमाडौंको गैरीगाउँको भ्याली बाबा पेट्रोलपम्पमा सिल गरिएको छ । कम परिणामको तेल बिक्रीवितरण गरेको पाइएपछि पेट्रोलपम्पको एउटा नोजललाई सिल गरिएको हो । काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरूमा सरकारी टोलीले अनुगमन गर्दा उक्त पेट्रोल पम्पले नाममा ठगी गरेको पाइएको हो ।
प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा त्यस पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा कम देखिएपछि सिल गरिएको बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया