इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव भोलि नेपाल ल्याइँदै
नेपालखोज
२०८० कार्तिक ३ गते २०:२४

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव भोलि नेपाल ल्याइँदै छ ।
तेलअबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाइन लागेको जानकारी दिएको छ ।
राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार शनिबार दिउँसो १ बजेर २५ मिनेटमा फ्लाई दुबईको उडानमार्फत शव नेपाल पठाइन लागेको हो । इजरायलबाट उडान नम्बर एफजेड १२१० मार्फत दुबईसम्म र त्यहाँबाट फ्लाई दुबईकै उडान नम्बर एफजेड ८३५१ मार्फत काठमाडौंसम्म शव पठाइन लागेको दूतावासले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया