नेपालले हङकङलाई दियाे २१४ रनको लक्ष्य
नेपालखोज
२०८० कार्तिक ४ गते १२:५१

काठमाडौं । त्रिकोणात्मक श्रृंखलामा नेपालले कुशल मल्ल र दीपेन्द्र सिंहको विस्फोटक ब्याटिङसँगै नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको छ ।
हङकङले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनायो ।
नेपालको सुरुवात नै राम्रो हुन सकेन । ९ रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई मात्र २ रनमा आउट भए । तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि मात्र ८ रनमा आउट भए । त्यसपछि नेपालले आसिफ शेख (२०) र कप्तान रोहित पौडेल (११) को विकेट गुमाउँदा नेपालको स्कोर ५५/४ थियो ।
तर कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले नेपालको पारी सम्हाले । दुबैले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरे ।
सम्बन्धित
प्रतिक्रिया