इजरायलमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शव धनगढी पुर्याइयाे

नेपालखोज २०८० कार्तिक ५ गते १७:५८

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शव धनगढी पुर्याइएको छ ।

आज बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको चारवटा शव ल्याइएको हो । शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थलमा पुगेका थिए ।

नेपाल ल्याइएका चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया