युएईविरुद्ध टस जितेर फिल्डिङमा नेपाल
नेपालखोज
२०८० कार्तिक ६ गते ११:१६

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको नेपालले आफ्नो चौथो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै पाहुना टिमलाई ब्याटिङको निम्तो दिए ।
शृङ्खलामा नेपाल लिग चरणको अन्तिम खेल अगावै फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि यूएईलाई सात विकेटले, दोस्रो खेलमा हङकङलाई ६ विकेटले र तेस्रो खेलमा नेपालले पुनः हङकङलाई ७९ रनले हराएको थियो ।
सम्बन्धित

प्रतिक्रिया