मंगलबार, पुष १, २०८२

सीपीसी प्रतिनिधिमण्डल बेलायत भ्रमणमा

नेपालखोज २०८० कार्तिक १० गते २०:००

लन्डन । ग्रेट ब्रिटेन-चाइना सेन्टरको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले मङ्गलबारदेखि बिहीबारसम्म बेलायतको भ्रमण सम्पन्न गरेको छ ।

भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टी फुजियान प्रान्तीय समितिका उपसचिव लुओ दोङचुआनको नेतृत्वमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले हाउस अफ लर्ड्स (ब्रिटिश संसद्को माथिल्लो सदन) का वर्तमान सदस्य र पूर्व प्रथम सचिव पिटर मन्डेलसनसँग भेटघाट गरेको छ।

सो अवसरमा चिनियाँ प्रतिनिधिमण्डल र बेलायती पक्षले चीन र बेलायत बीच विभिन्न किसिमका मित्रतापूर्ण भेटघाट गर्दै फुजियान टी (चीन) समुद्री सिल्क रोड कार्यक्रमको उद्घाटन समारोहमा सहभागी भएका थिए ।

प्रतिक्रिया