सुनचाँदीको मूल्य स्थिर
नेपालखोज
२०८० कार्तिक १२ गते ११:४४

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शनिबार तोलामा १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन पनि शनिबारकै मूल्य अर्थात १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको आइतबार १ हजार ४१५ रुपैयाँमा कारोबार भएको छ । शनिबार र आइतबार चाँदीको मूल्य समान रहेको हो ।
सम्बन्धित
प्रतिक्रिया