आइतबार, जेठ ६, २०८१

आईसीसी ट्वान्टी–२० विश्वकप छनोट खेलमा नेपाल र सिंगापुर भिड्दै

नेपालखोज २०८० कार्तिक १३ गते ६:२२

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोट खेलमा नेपालले आज सिंगापुरसँग खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने समूह ‘ए’को यो खेल बिहान नौ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको पहिलो दिन कुल चार खेल हुनेछन् ।

आजै बिहान नौ बजेदेखि मुलपानी क्रिकेट मैदानमा हुने समूह ‘बी’को खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)ले बहराइनविरुद्ध खेल्नेछ । यस्तै, दिउँसो १ः१५ बजे कीर्तिपुरमा ओमान र मलेसियाले खेल्दा मुलपानीमा हङकङ र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

आजदेखि सुरु हुने प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग त्रिवि मैदानमा खेल्नेछ । नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

प्रतिक्रिया