टी–२० विश्वकप छनोट : नेपालले फिल्डिङ गर्ने
नेपालखोज
२०८० कार्तिक १३ गते ८:३६

काठमाडौं । टी–२० विश्वकप छनोटको एसिया फाइनल खेलमा नेपालले फिल्डिङ गर्ने भएकाे छ । सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएकाे हाे । खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ९ बजे सुरु हुने छ ।
१९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुने छन् । आयोजक नेपाल समूह एमा रहेको छ । यो समूहमा ओमान, मलेसिया र सिंगापुर रहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया