सोमबार, जेठ ६, २०८२

सोमनाथ घिमिरे घानामा मानवीय पुरस्कारबाट सम्मानित

नेपालखोज २०८० कार्तिक १३ गते १३:४२

गिरिजाप्रसाद कोइराला फाउन्डेसन, अमेरिकाका अध्यक्ष समाजसेवी सोमनाथ घिमिरेलाई अफ्रिकी देश घानाको मानवीय पुरस्कार ग्लोबलले सम्मानित गरेको छ।

यो सम्मान विश्वमा  परिवर्तनका नेतृत्वदायी  पात्रहरू , स्वयंसेवक नेताहरू, गैरसरकारी संस्थाहरू, परोपकारीहरू र समाजमा सहयोग गर्ने कम्पनीहरूलाई पहिचान र सम्मान गर्न स्थापना गरिएको बताइएको छ।

“हामी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा मानवीय सेवाका  च्याम्पियनहरूलाई कदर र सम्मान गर्न  तथा सक्रिय सेवामा समर्पित असाधारण व्यक्तिहरूलाई  पुरस्कार प्रदान गर्न खडा भएका छौँ” सो संस्थाले भनेको छ।

मानवीय पुरस्कार ग्लोबलका प्रबन्ध निर्देशक रेन्डी डन्क्वाहले सोमनाथ घिमिरेको नेतृत्वमा गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले विशेष गरी कोरोना कहरका बेला  समर्पणका साथ सेवा पुराई प्रेरणादायी काम गरेको कारण “मानवीय पुरस्कार ग्लोबल” बाट सम्मानित गरेको बताउनु भएको छ।

मानवीय पुरस्कार ग्लोबल-घानाले प्रत्येक वर्ष विश्व भरि बाट समाजमा सकारात्मक प्रभाव पारेका मानिसहरूलाई छनौट गरेर यो पुरस्कार दिइन्छ। यस वर्ष, २०२३ मा विश्वभरि बाट ४८ जनालाई मानवीय पुरस्कार ग्लोबलले सम्मान गरेको छ।

घानाको राजधानी आक्रामा संचारकर्मीहरुसॅंग कुराकानी गर्दै अध्यक्ष घिमिरेले विश्वव्यापी मानवीय पुरस्कार समारोहमा सामेल हुन पाउॅंदा गौरव लागेको र  यो पुरस्कारले नेपाल, अमेरिका र अफ्रिकी राष्ट्रहरू बिच पुलको निर्माण गरेको बताउनु भएको छ। -INS

प्रतिक्रिया