डुबेर एक बालकको मृत्यु
नेपालखोज
२०८० कार्तिक १४ गते १२:३७

ताप्लेजुङ । फक्ताङ्लुङ गाउँपालिका–२ तुन्दु बस्ने लाक्पा शेर्पाको छोरा करिब २१ महिनाको निम दोर्जी शेर्पाको डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।
लाक्पाले आफ्नो छोरालाई छिमेकी थोके शेर्पाको घरमा छाडी खेताला गएको समयमा थोकेको घरमा रक्सी पारिराखेको कटमा डुबेर ती बालकको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिवा र ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया