पनौतीमा निसान दुर्घटना हुदाँ दुई जनाको मृत्यु
नेपालखोज
२०८० कार्तिक १४ गते १५:४५

काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्ला पनौती-२ सिला भन्ज्याङमा निसान दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएकाे छ ।
दिउँसो २ कुशदेवीबाट नयाँ गाउँतर्फ जादै गरेको बा.४ ख.६७२३ नम्बरकाे पराल लोड निसान गाडी ब्रेक फेल भई सडक बाट करिब ६०० मिटर तल खसेकाे छ ।
निसान चालक पनौती २ कुशदेवी बस्ने ४० वर्षे रविन आचार्य र बेथानचोक २ बस्ने ५० वर्षका शिवविक्रम केसीको मृत्यु भएको हो ।
त्यसैगरी बेथानचोक २ बस्ने वर्ष ४५ की शारदा तिम्सिना गम्भीर घाइते भएकी छिन् उनलाइ अहिले उपचारका लागि अस्पताल लगिएकाे छ ।
समाचार स्रोत: केशवराज पौडेल
सम्बन्धित
प्रतिक्रिया