श्रीमतीलाई बन्चरोले हानेर हत्या गरे, त्यसपछि आफू झुन्डिए

पोखरा । स्याङ्जा प्रहरीलाई मङ्गलवार बिहानै एउटा सूचना आयो- एक पुरुष मृत फेला परे । सूचना अनुसार प्रहरी बिहान साढे ६ बजे सो ठाउँमा पुग्यो । त्यहाँ पुग्दा घरअगाडि डोरीले पासो लगाएको अवस्था एक पुरुष मृत थिए भने अर्की एक महिला घरभित्र रक्ताम्मे अवस्थामा भेटिइन् ।
यो घटना स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ खासाको हो । खासाका ४९ वर्षीय देवबहादुर विक झुन्डिएको अवस्थामा र उनको श्रीमती पार्वती घरको कोठाभित्र भुईँमा उत्तानो अवस्थामा मृत फेला परेका थिए । प्रहरीका अनुसार देवबहादुर राङसिङको रुखमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा र पार्वती घाँटीमा बन्चरोले हार्नको चोट रहेको मृत फेला परेका हुन् ।
एक जना डोरीले पासो लगाएको र एक जना बन्चरोको चोटपटक लागेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पहलसिंह लामाले बताए । ‘एक जना मृत फेला परेको सूचना अनुसार हामी घटना स्थलमा पुगेका थियौँ । तर, त्यहाँ २ जना ९श्रीमान्, श्रीमती० मृत फेला पर्नुभयो । एक जना डोरीले पासो लगाएको अवस्थामा र एक जना बन्चरोको चोटपटक लागेको अवस्थामा मृत फेला पर्नुभएको थियो,’ उनले भने ।
घटनाको प्रकृति हेर्दा र छोरी र गाउँलेसँग बुझ्दा हत्या गरेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पहलसिंह लामाले बताए ।

प्रतिक्रिया