लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोठाटारमा चलायो गोली

नेपालखोज २०८० कार्तिक १५ गते १४:३१

काठमाडौं । गोठाटारमा प्रहरीले लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको छ ।

लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिमलाई समात्न खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउने परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । उनले भने, ‘करिमको दाहिने तीघ्रामा गोली लागेको छ ।’

उपत्यका अपराध अनुसन्धान कार्यालयले उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको छ । उनीसँगै नेपाली नागरिक हर्क लिम्बु पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया