आइतबार, वैशाख ३०, २०८१

झण्डै छ अंकले घट्दा ८१ करोड २० लाखको सेयर किनबेच

नेपालखोज २०८० कार्तिक १५ गते १५:४२

काठमाडौं । नेप्सेको निरन्तरको ओरालो यात्राले साताको चौंथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १४ दशमलव २९ अंकले घटेको नेप्से आज पनि पाँच दशमलव ८३ अंकले घटेर १८ सय ५८ दशमलव ५६ अंकमा पुगेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव ८३ अंकले घटेर तीन सय ५९ दशमलव ९५ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ९६ वटा कम्पनीहरुको ७७ हजार आठ सय ७० पटकको कारोबारमा ३३ लाख ६४ हजार ५६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा लगानी समुहको सुुचक शुन्य दशमलव शुन्य पाँच अंकले बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव २४ अंकले घटेर ११ सय ९१ दशमलव ९९ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि १३ दशमलव ८० अंकले घटेर तीन हजार पाँच सय ८९ दशमलव ७५ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि छ दशमलव १३ अंकले घटेर १६ सय २२ दशमलव १५ अंकमा झरेकोमा जलबिद्युत समुहको सुुचक पनि नौं दशमलव २४ अंकले घटेर १९ सय ५० दशमलव २३ अंकमा झरेको छ ।

जीवन बीमा समुहको सुुचक पनि ३८ दशमलव ९२ अंकले घटेर नौं हजार छ सय २८ दशमलव दुई अंकमा झरेकोमा नीर्जिवन बीमा समुहको सुचक पनि ३५ दशमलव ५२ अंकले घटेर नौं हजार पाँच सय ९० दशमलव ४१ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः ४७ दशमलव ८४, ४८ दशमलव ५४, २४ दशमलव ४८, शुन्य दशमलव शुन्य नौं, तीन दशमलव १४ र १४ दशमलव ४५ अंकले घटेका छन् ।

नेप्सेमा आज सयपत्री हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ३९ प्रतिशतले बढेर पाँच सय ५८ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य सात दशमलव ९९ प्रतिशतले घटेर दुई सय ३४ रुपैंयाँ ८० पैसा अन्तिम मुल्यमा कारोबार भएको छ ।

यसैगरी सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड कै आज प्रतिकित्ता दुई सय ३४ रुपैंयाँ ८० पैसा अन्तिम मुल्यमा १४ करोड ६० लाख दुई हजार दुई सय २५ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया