पटाका बरामद

नेपालखोज २०८० कार्तिक १६ गते १३:३९

कपिलवस्तु । मायादेबी गाउँपालिका–४ ठाकुरापुरबाट वेवारिसे अवस्थामा रहेको करिब ३ लाख रुपैयाँ बराबरको विभिन्न पटाका बुधबार राति प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानमा खटिएको गस्ती प्रहरी टोलीले नेपाल भारत सिमाना नजिक ७ वटा झोला रहेको उक्त पटाका फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया