सोमबार, वैशाख ३१, २०८१

सातामा तीन अर्ब ७८ करोडको सेयर किनबेच

नेपालखोज २०८० कार्तिक १७ गते १४:१३

काठमाडौं । नेप्से यो साता १८ सय ४७ दशमलव ७० अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५७ दशमलव ७६ झरेको छ ।

यो साता कुल दुई सय ९६ वटा कम्पनीहरुको दुई लाख १३ हजार पाँच सय ८५ पटकको कारोबारमा एक करोड ४९ लाख आठ हजार तीन २७ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम तीन अर्ब ७८ करोड ५१ लाख ९७ हजार आठ सय ८९ रुपैंयाँ १३ पैसा पुगेको छ ।

यो कारोबार रकम गत साता अर्थात दशै बिदा हुनुअघिको भन्दा तुलनात्मकरुपमा कम हो । गत साता अर्थात दशैंबिदा अघि भने दुुई सय ८९ वटा कम्पनीहरुको एक लाख ७२ हजार पाँच सय ९६ पटकको कारोबारमा एक करोड ६१ लाख ८९ हजार तीन सय दुई कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम चार अर्ब १६ करोड ७२ लाख ७६ हजार ४१ रुपैंयाँ ७५ पैसा पुगेको थियो ।

यो साता नेप्से पाँच दिन नैं खुल्ला रहेकोमा चौंथो दिन सामान्य अंकले बढेको थियो भने बाँकी दिनहरुमा लगातार घटेको थियो ।
दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा पहिलो दिन २८ दशमलव १८ अंकले घटेर १८ सय ७५ दशमलव ६५ अंकमा सिमित भएको नेप्से अन्तिम दिन १० दशमलव ८६ अंकले घटेर १८ सय ४७ दशमलव ७० खुम्चिन पुगेको थियो ।

यसैगरी पहिलो दिन पाँच दशमलव १६ अंकले घटेर तीन सय ६१ दशमलव ९४ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स अन्तिम दिन दुई दशमलव १९ अंकले घटेर तीन सय ५७ दशमलव ७६ सिमित हुन पुगेको थियो । यि बाहेक दिनहरुको चौंथो दिन बाँकी अन्य दिनहरुमा लगातार नेप्से घटेको थियो ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट, सोल्टी होटल आदिको बढी रकम कारोबार हुुँदा सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया