जोखिम न्यूनीकरण तथा प्राधिकरणको बैठक बस्दै

नेपालखोज २०८० कार्तिक १९ गते ८:२२

काठमाडाैं । राष्ट्रिय जोखिम न्यूनीकरण तथा प्राधिकरणको बैठक आह्वान भएको छ । आइतबार बिहान साढे ९ बजे बैठक बोलाइएको हो । कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्प, त्यसको प्रभाव, अवस्था र आगामी कार्यका लागि आवश्यक निर्णय लिनका लागि प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले प्रभावितको राहत र पुनर्स्थापनाका साथै सम्भवना र चुनौतीका समग्र विषयमा छलफल गरेर आवश्यक निर्णय लिने सदस्य सचिव ध्रुव बहादुर खड्काले जानकारी दिए । 

प्रतिक्रिया