बिहीबार, वैशाख २०, २०८१

मिस गुरुङ ईन्टरनेसनल : पाचौं संस्करण को ट्यालेन्ट राउन्ड सम्पन्न (फोटोफिचर)

नेपालखोज २०८० कार्तिक १९ गते ११:४२

काठमाडौं । सौर्न्दय प्रतियोगिता मिस गुरुङ ईन्टरनेसनल पाँचौ संस्करणको ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । उक्त प्रतियोगिता अन्तर्गत सहभागीहरुले नृत्य, गायन, अभिनय, वाक, भाषण लगायत आफुमा रहेको प्रतिभा प्रर्दशन गरेका थिए ।

ट्यालेन्ट शोमा मनिका घले, अनमिका गुरुङ, करिना गुरुङ, समिक्षा गुरुङ, सुस्मिता गुरुङ, तारा गुरुङ, निशा गुरुङ, पुनम गुरुङ, समिक्षा गुरुङ, जेरिना गुरुङ, स्नेहा गुरुङ, निम्ति गुरुङ, सदिक्षा गुरुङ, अस्मिता गुरुङ सहभागी थिए ।

ट्यालेन्ट राउन्डमा निर्णयकका रूपमा गुरुङ पर्यटन व्यवसायी संघ नेपालका संस्थापक अध्यक्ष कुल बहादुर गुरुङ, संगीतकार, कोरियोग्राफर तथा डाइरेक्टर यम गुरुङ र नेपाल भारत जन मैत्री संघका पुर्व संस्थापक सचिव श्री सानु गुरुङ रहेका थिए ।

मृगतृष्णा फेसन हाउसको आयोजना र वि. एण्ड वि. ईभेन्ट मेनिया प्रा. लि. को व्यवस्थापनमा आयोजना भएको कार्यक्रम को ग्राण्ड फिनाले २०८० कार्तिक २४ गते, शनिबार काठमाडौ स्थित राष्ट्रिय सभा गृहमा हुँदै छ ।

सहभागीहरुले ट्यालेन्ट शोमा प्रदर्शन गरेको प्रस्तुतिका आधारमा प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको दिन मिस ट्यालेन्ट घोषणा गरिने मिस गुरुङ ईन्टरनेटनेसनलको आयोजक संस्था कि अध्यक्ष तृष्णा गुरुङले जानकारी दिइन ।

गुरुङ कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले पाँच वर्षदेखि मिस गुरुङ ईन्टरनेलेसनलको आयोजना गरिदै आएको उनले बताइन् । यो वर्षको मिस गुरुङ ईन्टरनेसनलमा नेपाल र भारतको सिक्किम बाट गरी १४ जना युवतीले अन्तिम प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया