शनिबार, जेठ ४, २०८२

सद्भाव बिगार्ने सामग्री हटाउन सरकारले माग्यो टिकटकसँग सहयोग

नेपालखोज २०८० कार्तिक १९ गते १८:१८

काठमाडौं । सरकारले चार्चित एप टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन सरकारले आग्रह गरेको छ ।

टिकटक दुरुपयोग गरेर हालिने यस्ता सामग्रीलाई हटाएर शान्ति सुव्यवस्था र समाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरिएको गृह मन्त्रालयले जनाएको छ ।

दोषीउपर कानुन बमोजिम कारवाही गर्न नेपाल प्रहरीको साइवर व्युरो लगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयबीच सहकार्य बढाउने सहमति पनि भएको छ ।

प्रतिक्रिया