इयूले गाजालाई थप दुई करोड ५० लाख यूरो सहयोग गर्ने

ब्रसेल्स । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घले गाजाका लागि मानवीय सहायतामा दुई करोड ५० लाख युरो (दुई करोड ७० लाख अमेरिकी डलर) वृद्धि गरेको बताएकी छन् । ‘यसो गर्दा युरोपेली सङ्घले गाजाका नागरिकका लागि मानवीय सहायतामा कूल १० करोड यूरो खर्च गर्नेछ,’ भोन डेर लेयेनले ब्रसेल्समा इयूका कूटनीतिज्ञहरूसँग भने ।
भोन डेर लेयेनले इजिप्टबाट गाजामा सहायताको प्रवाह ‘धेरै सानो रहेको’ र ईयूले साइप्रसबाट समुद्रको माध्यमबाट आपूर्तिसहित अन्य सम्भावित मार्गहरू स्थापना गर्न काम गरिरहेको बताइन् । इजरायलका कट्टर समर्थक भोन डेर लेयेनले गाजामा भएको कारबाहीमा ‘नागरिक हताहत हुनबाट जोगिन प्रयास गर्नु’ आवश्यक रहेको बताएकी छन् ।
भोन डेर लेयेनले कूटनीतिज्ञहरूसँग भने, ‘द्वन्द्व चर्किरहेका बेला पनि दुई राज्य समाधानका लागि ‘वातावरण’ हुनु आवश्यक छ । इजरायली सेनाले सोमबार गाजामा प्यालेस्टिनी लडाकूलाई लक्षित गरी तीव्र आक्रमण जारी राखेको छ र युद्धको अवधि एक महिना नजिक पुगेको छ र हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले घेरिएको क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १० हजार पुगेको छ ।
इजरायलमा अक्टोबर ७ मा भएको आक्रमणमा एक हजार ४०० जनाको मृत्यु हुनुका साथै २४० भन्दा बढी बन्धक बनाइएका हमासलाई ध्वस्त पार्न कटिबद्ध प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताएका छन् । उनले युद्धविरामका लागि अन्तर्राष्ट्रिय आह्वानका बावजुद यही अवस्थामा कुनै पनि हालतमा कारबाही नरोकिने प्रतिबद्धता व्यक्त गरेका छन् ।








प्रतिक्रिया