सोमबार, वैशाख ३१, २०८१

११ अंकले बढ्दा झण्डै एक अर्बको सेयर किनबेच

नेपालखोज २०८० कार्तिक २१ गते १५:४२

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको तेस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २१ दशमलव ३० अंकले बढेको नेप्से आज पुन ११ दशमलव २२ अंकले बढेर १८ सय ५८ दशमलव ७६ अंकमा पुगेको छ ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४६ अंंकले बढेर तीन सय ५८ दशमलव १९ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय ८५ वटा कम्पनीहरुको ४० हजार छ सय पटकको कारोबारमा ४३ लाख ३१ हजार दुई सय २९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ९९ करोड ६५ लाख ८६ हजार दुई सय ९१ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा निर्जीवन बीमा समुहको सुचक १७ दशमलव ३६ अंकले घटेर नौं हजार पाँच सय ९१ दशमलव ६६ अंकमा झरेको छ भने बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक दुई दशमलव ४० अंकले बढेर ११ सय ७२ दशमलव ४७ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि १५ दशमलव ५४ अंकले बढेर तीन हजार पाँच सय ७६ दशमलव ५० अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि १९ दशमलव ७९ अंकले बढेर १६ सय २० दशमलव ६० अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि सात दशमलव १५ अंकले बढेर १९ सय ४० दशमलव शुन्य छ अंकमा पुगेको छ ।

जीवन बीमा समुहको सुचक पनि एक सय १३ दशमलव १६ अंकमा पुगेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः ४० दशमलव ६२, शुन्य दशमलव ९७, ४७ दशमलव शुन्य सात, शुन्य दशमलव शुन्य एक, १८ दशमलव ३२ र २० अंकले बढेका छन् ।

नेप्सेमा आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य आठ दशमलव १६ प्रतिशतले बढेर छ सय ८९ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य आठ दशमलव २६ प्रतिशतले घटेर नौं सय ५५ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

हिमालयन बैंकको संस्थापक सेयरतर्फ भने आज प्रतिकित्ता तीन सय रुपैंयाँ अन्तिम मुल्यमा नौं करोड १६ लाख ४४ हजार दुई सय २८ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज कारोबार भएका मध्येमा रकम कारोबारका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया