मंगलबार, जेठ ८, २०८१

म्यान्मारमा भीषण आगलागी, ६० भन्दा बढी घरमा क्षति

नेपालखोज २०८० कार्तिक २१ गते १९:३५

म्यानमार । म्यानमारको उत्तरी प्रान्त काचिनमा मङ्गलबार भएको भीषण आगलागीमा परी ६३ घर जलेर नष्ट हुनुका साथै करिब ३०३ जना विस्थापित भएको म्यानमार डिजिटल न्यूजले जनाएको छ ।

खुनलानफु शहरको शेन हकावन गाउँमा मङ्गलबार बिहान आगलागी भएको सञ्चारमाध्यमले जनाएका छन् । सेना र स्थानीय बासिन्दाले घण्टौँ लामो प्रयासपछि बिहान ५ बजेसम्ममा आगो निभाउन सफल भएका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार घटनामा कुनै मानवीय क्षति भने भएको छैन । गाउँका एक स्थानीय बासिन्दाले मङ्गलबार सिन्ह्वालाई दिएको जानकारीअनुसार गाउँलेहरूले चीसोमा ताप्न सल्काएको आगोबाट आगलागी सुरु भएको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया