एन्फाको विशेष साधारण सभा आज हुँदै
नेपालखोज
२०८० कार्तिक २३ गते १०:५२

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेषा साधारण सभा आज हुँदैछ । बाग्मती प्रदेशको राजधानीमा हेटौडामा आज बस्ने साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्ध परेको अविश्वासको प्रस्तावको बारेमा छलफल हुनेछ ।
गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्नु पर्ने भन्दै लिखित निवेदन दिएका थिए ।
नेतृत्वमा पुगेको एक वर्ष नपुग्दै अध्यक्ष र महासचिव विरुद्ध बर्खास्तको माग आए पछि आजको साधारण सभामा अध्यक्ष नेम्वाङले अविश्वास प्रस्तावको सामाना गर्दैछन् ।
एन्फाको नेतृत्वमा कुल १०५ सदस्य रहेका छन्, जसमध्ये साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया